गण्डकी

पर्वतको दुर्लुङमा छोराले गरे बाबुको हत्या

Banner

कुश्मा, असोज १८

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् ।

स्थानीय गौवारीका ६४ वर्षीय धनलाल विकको ४५ वर्षिय छोरा राजकुमार विकले हत्या गरेका हुन । घरायसी झगडाको क्रममा आइतबार राति १० बजेको समयमा बाउँसो र लठ्ठीले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीका अनुसार आइतबार राति घरमा बाबुछोरा मात्रै थिए भने मृतककी श्रीमती माईतीघर गएकी थिइन् । घटनाको प्रकृति हेर्दा शंकास्पद देखिए पनि काठको, ढुंगा,लठ्ठी प्रहार गरेर हत्या गरेजस्तो देखिएको डीएसपी बुढाथोकीले बताए । मृतकको मोवाइलसमेत टुक्राटुक्रा परेको छ भने भान्सामासमेत ढुंगाहरु देखिएका छन् ।

आज बिहान छिमेकीले मृतक विकको शव घरको बलेसीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरीले हत्याको आरोपमा मृतक विकका छोरा राजकुमारलाई पक्राउ गरेको छ । अहिले मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>