Breaking News

इपीएलः चितवनको लगातार तेस्रो जित, प्ले अफ नजिक

Banner

काठमाडौँ, असोज १५–

बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपीएल)मा चितवन टाइगर्सले लगातार तेस्रो जित हात पारेको छ ।

आज (शुक्रबार) भएको खेलमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको हो । जितसंगै चितवन प्ले अफ नजिक पुगेको छ । चितवनको ३ खेलमा ३ जितसहित ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

टियु क्रिकेट मैदानमा पोखराले दिएको १२४ रनको लक्ष्य चितवनले २० बल बाँकी छदै एक विकेटको क्षतिमा पुरा गर्‍यो । चितवनलाई सहज जित दिलाउन मोहम्मद शहजादले अविजित ६३ र भीम सार्कीले अविजित ५४ रन बनाए । ओपनर इशान पाण्डे आज पनि चल्न सकेनन् । उनी ७ बल खेलेर शून्यमै आउट भए ।

पोखराका लागि विक्रम शोबले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको पोखरा ७ विकेटको क्षतिमा १२३ रन बनाएको थियो । उसका लागि विवेक यादवले सर्वाधिक ५३ रन, असेला गुनरत्नेले २५ र रिचर्ड लेभीले २० रन बनाए ।

चितवनका लागि कमल सिंह ऐरी र साहब आलमले २/२ विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>