Breaking News

मास्कबिना नहिड्न चितवन प्रशासनको निर्देशन, दसैँको फूलपातीसम्म मास्क अभियान चलाइने

Banner

चितवन, असोज १५-

चितवन प्रशासनले मास्कबिना कोही पनि कतै नहिड्न अनुरोध गरेको छ ।

प्रशासनले आज एक आदेश जारी गर्दे सो निर्देशन दिएको हो ।

प्रशासनले सूचनामा जिल्लामा मास्क अनिवार्य गरिएको जनाएको छ । आदेशमा भनिएको छ , ‘ विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरु, क्याम्पस, हाटबजार र सुपर मार्केटमा माक्स अनिवार्य लगाउनुपर्छ ।’ त्यसैगरी प्रशासनले जिल्ला प्रशासन कार्यालय चितवनमा मास्क बैँकको पनि स्थापना गर्ने आदेशमा जनाइएको छ । बैँकमा प्रशासनले सबै संघसंस्थालाई मास्क उपलब्ध गराउन अनुरोध गर्ने जनाएको छ । त्यसैगरी मास्क वितरणको लागि सडकसडकमा स्वयंसेवक परिचालन गर्ने पनि प्रशासनको आदेशमा उल्लेख छ ।

त्यस्तै प्रशासनले घटस्थापनादेखि फूलपातीसम्म मास्क अभियान सञ्चालन गरेर नै जनचेतना जगाउने योजना बनाएको छ । प्रशासनले आदेशमा भीडभाड हुने सरकारी कार्यालय र यातायातमा कोरोना परीक्षण गरिने पनि जनाएको छ । आदेशमा कानुन बमोजिम गर्ने पर्ने कार्यक्रम बाहेकका अन्य सभा, सम्मेलन र धार्मिक कार्यक्रम नगर्न पनि अनुरोध गरेको छ । सार्वजनिक सवारी सञ्चालन गर्न स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र सञ्चालन गर्न प्रशासनले फेरि स्मरण गराएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>