चितवन विशेष

‘द पानीपुरी स्टेशन’ले पायो आइएसओ सर्टिफिकेट, सफलता पश्चात सेवा विस्तार

Banner

काठमाडौँ, असोज १४–

फायर पानीपुरीबाट सर्वाधिक चर्चा कमाएको भरतपुर महानगरपालिका–१०, नहरचोकस्थित ‘द पानीपुरी स्टेशन’ले आइएसओ मान्यता पाएको छ । पहिलोपटक चितवन भित्र्याईएको फायर पानीपुरी बारे विभिन्न धारणाहरु सार्वजनिक भएपछि संचालकले त्यसको गुणस्तरको आधिकारिकता सार्वजनिक गरेको हो ।

बिहीबार पत्रकारहरुसंग कुरागर्दै संचालक विजय विक्रम थापाले द पानीपुरी स्टेशनले गुणस्तरमा कुनै पनि आउन नदिने बताए । उनले फायर पानीपुरीले स्वास्थ्यमा कुनै असर नगर्ने बरु फाइदाजनक भएको बताए । उनले आइएसओ ९००१ः२०१५ मान्यता प्राप्त गरेको जानकारी दिए । अर्का संचालक विवेक गौतमले विभिन्न प्रश्न उठेपछि केहीसमय बन्द गरिएको फायर पानीपुरी पुनः विक्री गर्न थालिएको बताए । ‘विभिन्न कुराहरु बाहिर आएपछि हामी गुणस्तर प्रमाणित गरेरै सार्वजनिक गरेका छौं, हल्लाको पछि नलागौं’–गौतमले भने ।

उनीहरुले चितवनबासीले फायर पानीपुरी सर्वाधिक मन पराएको बताए । अन्य प्रकारका पानीपुरी खान आउने ग्राहकले फायर पानीपुरी अनिवार्य खाने गरेका छन् । यहाँ पानीपुरी विभिन्न ६ वटा स्वादमा खान सकिन्छ । चिकन पारीपुरीको समेत व्यवस्था रहेको संचालक विजय विक्रम थापाले बताए ।

यस्तै ग्राहकको चाहना अनुसार द पानीपुरी स्टेशनलाई विस्तार गरिएको छ । तल्लो तलमा रहेको सो द पानीपुरी स्टेशन बिहीबारदेखि माथिल्लो तलामा समेत विस्तार गरेको छ । पारिवारिक वातावरणमा पानीपुरी, चटपट,लगायतका परिकारका लागि माथिल्लो तल्लामा विस्तार गरिएको संचालक थापाले बताए । ‘सुरुवातमा सानो ठाउँमा भएकाले धेरै ग्राहकहरु फर्कनुपर्ने अवस्था थियो, अब पारिवारिक वातावरणमा सहज रुपमा सबै परिवारको स्वाद लिन सकिन्छ’–संचालक थापाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>