चितवन विशेष

बोटे समुदायको परम्परागत अधिकार हनन्

०
Banner

चितवन, असोज १४–

फियान नेपाल नामक गैर सरकारी संस्थाले चितवनका दुई क्षेत्रका सिमान्तकृत दुई समुदायका लागि सञ्चालन गरेको खाद्य अधिकार सम्बन्धी परियोजनाको अवधि पुरा भएको छ ।

फियानले भरतपुर महानगरपालिका–२२ र १३ को पटिहानीमा बस्ने बोटे समुदाय र पहाडी क्षेत्र राप्ती नगरपालिका–१३ वासबाङमा खाद्य अधिकार अभियान चलाएको थियो ।

तीन वर्षे कार्यक्रममा चेपाङ र बाटे समुदायको खाद्य अधिकारलाई सुरक्षित गर्न विभिन्न कार्यक्रमहरु र सरकारी निकायमा पैरवी गर्ने काम सम्पन्न भएको फियान नेपालले जनाएको छ । बिहिबार पटिहानीमा भएको कार्यक्रममा बोटे समुदायहरुले निकुञ्जले माछा मार्न रोक र बन्देज लगाउँदा आफ्नो परम्परागत अधिकार हनन् भएको धारणा राखे ।

नेपाल बोटे समाजका चितवनकी अध्यक्ष इन्दिरा बोटेले निकुञ्जले लाइसेन्स नभइ माछा मार्न नदिने र प्रायः बोटेको लाइसेन्स नभएको बताइन् । अभियानका क्रममा केहीले लाइसेन्स पाउन सके पनि बोटे समुदायको माग भनेको एक घर एक लाइसेन्स भएको हुँदा यो काम पुरा नहुँदासम्म संघ संस्थाको सरसहयोग हरदम हुनुु पर्ने बताइन् ।

फियान नेपालका राजेन्द्र बस्नेतले पहिलाको जस्तो सघन अभियान नचले पनि समुदायलाई पर्ने पिर मर्कामा साथ दिन संस्था हरदम तयार हरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुप्रसाद महतोले परम्परागत पेशाका साथै आर्जनका आधुनिक पेशा अपनाउन पनि बोटे समुदाय अग्रसर हुनु पर्ने बताए । वडा कार्यालयले बोटे समुदायलाई पर्यटनसँग जोड्न विभिन्न योजना ल्याएको पनि उनले बताए । भरतपुरमा सवैभन्दा धेरै बोटेहरु आफ्नै वडामा रहेको हुँदा यो समुदायको हितका लागि आफु लागि पर्ने उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>