Breaking News
एमाले वागमती प्रदेश कमिटीमा चितवनका बादल इन्चार्ज र अधिकारी सहइन्चार्ज

चितवन, असोज १४-
विधान महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेले पूर्णता दिएको वागमती प्रदेश कमिटीमा चितवनका दुई शीर्ष नेताले इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।
इन्चार्जमा चितवनका नेता रामबहादुर थापा ‘बादल’ र सहइन्चार्जमा काशीनाथ अधिकारी मनोनित भएका हुन् । त्यस्तै चितवनबाट इन्चार्ज र सहइन्चार्जसहित ५५ जना नेताहरु प्रदेश कमिटीमा मनोनित भएका छन् ।
आनन्द पोखरेल अध्यक्ष र खेम लोहनी सचिव रहेको ४७७ सदस्यीय प्रदेश महाधिवेशन आयोजक कमिटी पनि गठन भएको छ । विहीबार टुंगो लागेको प्रदेश महाधिवेशन आयोजक कमिटीका सदस्यहरुले भोलिदेखि सुरू हुने विधान महाधिवेशनमा भाग लिन पाउनेछन् । प्रदेश कमिटीको इन्चार्जमा रामबहादुर थापा बादल नै कायम रहेका छन् । यसअघि १० बुँदे सहमति अनुसार जेठ २ अघिका इन्चार्जहरु नै कायम हुने भनिए पनि वागमतीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीसमेत रहेकाले सहमतिमै नेतृत्व टुंगो लागेको हो ।
























