Breaking News

एमाले विधान महाधिवेशनको लागि चितवनबाट झण्डै ७० जनाको सहभागिता रहने

Banner

चितवन, असोज १४-

नेकपा एमालेको भोलिबाट सुरु हुने पहिलो विधान महाधिवेशनको लागि चितवनबाट झण्डै ७० जनाले सहभागिता जनाउँने भएका छन् ।

चितवनबाट सबै स्थानीय तहका एमालेका मेयर तथा उपमेयर, हरेक निर्वाचन क्षेत्रबाट पार्टी नेताहरु, प्रदेश कमिटी सदस्यहरु, दलित प्रतिनिधिहरु, जिल्ला कमिटीका सदस्यहरु सबै जनाको सहभागिता हुने भएको सहभागीको संख्या धेरै हुन लागेको हो ।

नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले विभिन्न भातृसंगठन, पार्टीका विभिन्न कमिटी र स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहने बताइन् । उनले अधिवेशनमा पार्टीको राजनीतिक, सांगठनिक र कार्यक्रमहरुको बारेमा छलफल गरेर पार्टीको मूल विद्यान बन्ने बताइन् । उनले नारायणी अनलाइनलाई भनिन्, ‘ देश नयाँ संरचना गएपछि केन्द्रीय, प्रदेश र स्थानीय पार्टीका संरचनाहरु निर्माणको लागि विद्यान अधिवेशन महत्वपूर्ण हुनेछ । चितवनले अधिवेशनमा सक्रिय सहभागिता जनाउँनेछ ।’

एमाले विधान महाधिवेशन मूल व्यवस्थापन समितिले काठमाडौँमा पत्रकार सम्मेलन गरी विधान महाधिवेशनको तयारी पूरा भएको जनाएको छ । भोलि दिउँसो १२ ः १५ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले विद्यान अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

ललितपुरको सनराइज हलमा हुने सम्मेलनको बेलुन उडाउनुका साथै राष्ट्रिय गान गाएर उद्घाटन गरिने बताइएको छ । उद्घाटन सत्रपछि तीनवटा प्रस्ताव पेस गरिने र दोस्रो दिन १६ गते समूहगत छलफल हुनेछन् । १७ समूहगत छलफलबाट आएका सुझावको संक्षेपीकरण गर्दै सम्मेलन समापन गर्ने तयारी रहेको एमालेले जनाएको छ ।

एमालेले महाधिवेशनको व्यवस्थापनलाई चुस्तदुरुस्त गर्न पार्टी केन्द्रीय कमिटीको बैठकबाट स्थायी कमिटी सदस्य रामबहादुर थापा संयोजक, शेरबहादुर तामाङ. सचिव र कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ. शेर्पा सदस्य रहेको मूल व्यवस्थापन समिति गठन गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>