Breaking News

चितवनमा माओवादीलाई अर्को झट्का, पुराना नेता भुषालले रोजे एमाले

Banner

चितवन, असोज १४–

चितवनका पुराना कम्युनिष्ट नेता कुलप्रसाद भुषाल नेकपा (माओवादी केन्द्र) परित्याग गरेका छन् । वैचारिक एवंम राजनीतिक हिसाबले माओवादी केन्द्रमा विषेश योगदान दिएका खैरहनी निवासी नेता भुषालले माओवादी पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

भुषाल नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य एवं चितवन क्षेत्र नम्वर १ (ख) का इन्चार्ज समेत थिए । बुधबार साँझ एमाले प्रवेश गरेका भुषालले सोही दिन राति सामाजिक सञ्जाल मार्फत नेकपा माओवादी केन्द्रबाट राजीनामा दिएको बताएका थिए ।

माओवादी पार्टीको सबै जिम्मेवारीबाट राजीनामा घोषणा गरेको उल्लेख गर्दै उनले फेसबुकमा लेखेका छन् ‘पार्टीमा रहँदा आलोचना र समर्थन गर्ने सवैलाई धन्यवाद,भविष्यमा आफ्नो तर्फबाट जनयुद्ध र जनयुद्धबाट प्राप्त उपलव्धी रक्षाका लागि सक्ने योगदान दिने प्रण गर्दछु । भुषाल वुढी राप्ती उपभोक्ता समितिका पूर्व अध्यक्ष समेत हुन् । कुमरोजमा उनको राम्रो प्रभाव छ ।

खैरहनीमा बुधबार एक कार्यक्रम आयोजना गरि भुषाललाई नेकपा एमाले केन्द्रीय सदस्य देवीप्रसाद ज्ञवालीले टिका लगाई पार्टीमा स्वागत गरे । सो अवसरमा एमाले केन्द्रीय सदस्य ज्ञवालीले भुषालको निर्णयको स्वागत गर्दै पार्टी भित्र उचित मुल्यांकन गर्ने बताए । नेकपा (एमाले) र माओवादी एकता भई पुनः विभाजन भएपछि एमालेमा आकर्षण बढेको भन्दै बाटो बिराएर एमाले छाडेर गएकाहरु पनि विस्तारै पार्टीमै फर्कने विश्वास व्यक्त गरे ।

भुषाललाई पार्टी प्रवेश गराउँदा नेकपा एमालेका नेताहरु जेएन थपलिया, कपिल पोखरेल, पार्वती रावल, शैलेश खनाल, जगन्नाथ आचार्य, कमल पाठक, स्वरुप सुयाँल लगायत उपस्थित थिए । एमाले र माओवादी एकतापछि विभाजन हुँदा खैरहनीका अर्का पुराना नेता जगन्नाथ आचार्यले पनि एमालेनै रोजेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>