देश/प्रदेश

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, एमालेले बहिष्कार गर्ने

Banner

काठमाडौँ, असोज १४–

प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि सर्वदलीय बैठक बोलाएका छन् । तर प्रमुख विपक्षी दल नेकपा (एमाले)ले भने बैठक बहिष्कार गर्ने भएको छ । आफूहरु यो बैठकमा नजाने एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले बताए ।

वर्तमान सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएकोलगायतका विषयमा एमालेको असमति रहेकोले बैठकमा नजाने उनले बताए ।

संसदको गतिरोध अत्यबारे छलफल गर्न भन्दै प्रधानमन्त्रीले देउवाले आज बिहीबार बिहान १० बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>