Breaking News
इपीएलः सोमपालको चितवन टाइगर्स र सन्दीपको काठमाडौं किंग्स ११ भिड्दै

काठमाडौँ, असोज १४–
बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपीएल) टि–२० अन्तरगत आज (बिहीबार)को पहिलो खेलमा चितवन टाइगर्स र काठमाडौँ किंग्स ११ बीच प्रतिस्पर्धा हुँदैछ ।
टियु क्रिकेट मैदानमा हुने खेलमा चितवन सोमपाल कामीको कप्तानीमा मैदानमा उत्रिदैछ भने काठमाडौँ सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिदै छ ।
खेल विहान ९ः३० बजेदेखि सुरु हुनेछ । चितवनले आफ्नो पहिलो खेलमा विराटनगर वारियर्सलाई पराजित गर्दै विजयी सुरुवात गरेको थियो भने काठमाडौँले साविक विजेता लतिलपुर प्याट्रियट्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो ।
आजको खेलमा विजयी हुने टिम लिगको शीर्ष स्थानमा उक्लिने छ ।
यस्तै आज हुने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र ललितपुर प्याट्रियट्सबीच प्रतिस्पर्धा हुँदैछ ।
यी दुईबीचको खेल दिउँसो १ः३० बजेदेखि सुरु हुनेछ । ललितपुर लगातार दुई खेलमा पराजित भएको छ भने भैरहवा एकमा जित र एक खेलमा वर्षाका कारण अंक बाड्न बाध्य भएको थियो ।
























