चितवन विशेष

भरतपुरको शुक्रनगरमा भएको मोटरसाइकल दुर्घटनामा व्यवसायी श्रेष्ठको मृत्यु

Banner

चितवन, असोज १३-

भरतपुरको शुक्रनगरमा भएको मोटरसाइकल दुर्घटनामा ५० वर्षीय व्यवसायी चिजकुमार श्रेष्ठको मृत्यु भएको छ ।

सोमबार बेलुका अमृतचोकनजिक भएको दुर्घटनामा गम्भीर घाइते श्रेष्ठको मंगलबार साँझ चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा भरतपुर महानगरपाकिला–२५ शिवालय चोकका श्रेष्ठ गम्भीर घाइते भई उपचारको लागि चितवन मेडिकल कलेज लगिएको नेपाली कांग्रेस जिल्ला कमिटी सदस्य शेखर दवाडीले नारायणी अनलाइनलाई जानकारी दिए ।  भरतपुर वडा नम्बर २५ को नेपाली कांग्रेसको क्रियाशिल सदस्य समेत रहेका श्रेष्ठ स्टेशनरी व्यापार र ट्याक्टर व्यवसायमा सक्रिय थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>