Breaking News

पोलमा रहेका तारलाई व्यवस्थित गर्न पोल भाडा बढाएको होः कुलमान

Banner

काठमाडौं,असोज १२-

नेपाल बिधुत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पोलमा रहेका तारलाई व्यवस्थित गर्नका लागि पोल भाडा बढाइएको बताएका छन् । मंगलबार तराई बिकास तथा सञ्चार केन्द्र नेपालले काठमाडौंमा आयोजना गरेको नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चूनौती बिषयक छलफलमा घिसिङले विद्युतका पोलले धान्नै नसक्ने गरी इन्टरनेटका तारहरु राखिएकाले त्यसलाई व्यवस्थित गर्न पोल प्रयोगको भाडा बढाइएको बताएका हुन् ।

उनले इन्टरनेट सेवा प्रदायकमार्फत् यसअघि प्राधिकरणले २५ करोड उठाउँदै आएकोमा अब बढेर ५० करोड र उक्त रकम प्राधिकरणका लागि ठूलो रकम नभएको बताए । अहिले पोलमा रहेका ९५ प्रतिशत तारहरु काम नलाग्ने अवस्थामा रहेको र त्यसलाई निकाल्न इन्टरनेट सेवा प्रदायकले कुनै चासो नदेखाएको उनले बताए ।

कार्यक्रममा इन्टरनेट सेवा प्रदायकका अध्यक्ष सुधीर पराजुलीले प्राधिकरणले ग्राहकका आधारमा नाफा कमाउन पोल प्रयोगको भाडा बढाएको आरोप लगाए । उनले यसअघि पोलको भाडा २०५ रुपैया लिइने गरेकोमा अहिले प्रति पोल र प्रतिकिलोमिटरका आधारमा ७५० रुपैया तिर्नुपर्ने अवस्था आएको गुनासो गरे ।

प्राधिकरणले पोल भाडा बढाएसँगै शहरी क्षेत्रमा इन्टरनेट सेवाको मासिक १५० र ग्रामिण क्षेत्रमा ३०० रुपैया बढाउन आफूहरुले प्रस्ताव गरेको उनको भनाइ छ । यसअघि प्राधिकरणले विद्युत् पोल र ओपीजीडब्ल्यू केबलको भाडादर बढाउने निर्णय गरेको थियो । त्यस्तै कार्यक्रमका सहभागीहरुले नेपालमा सूचना प्रविधि प्रयोग बढ्दै जाँदा गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>