चितवन विशेष

युवा नेता बुद्धिकान्त न्यौपाने भारी मतले उपसभापतिमा विजयी

Banner

चितवन, असोज १२–

युवा नेता बुद्धिकान्त न्यौपाने नेपाली कांग्रेस भरतपुर महानगरपालिकाको उपसभापतिमा भारी मतले विजयी भएका छन् ।

८ जना प्रतिस्पर्धीलाई पछि पार्दै न्यौपाने शीर्ष एकमा रहेर उपसभापतिमा विजयी भएका हुन् । न्यौपानेले सर्वाधिक ६६१ मत प्राप्त गरे । न्यौपाने भन्दा कम मत ५५६ ल्याएका विजय घले पनि उपसभापतिमा निर्वाचित भएका छन् ।

दुई जना उपसभापतिका लागि भएको निर्वाचनमा ९ जनाले प्रतिस्पर्धा गरेका थिए ।

अन्य प्रतिस्पर्धीहरु किशोर गुरुङ (५५४), कृष्णप्रसाद रेग्मी, (२०५), केदारनाथ बराल, (९५), गीताकुमारी शर्मा, (१४८), देवीप्रसाद लुइटेल (६६), शारदाकुमारी खरेल . (१७२) र सुरक्षा रेग्मी (२०७) मत प्राप्त गरे ।

उपसभापतिमा निर्वाचित युवा नेता न्यौपाने सबैमाझ लोकप्रिय छन् । उनी भरतपुर–६ बाट क्षेत्रीय प्रतिनिधि चयन भएका थिए ।

विजयी भएपछि नेता न्यौपानेले सबैलाई मिलाएर लैजाने प्रतिवद्धता जनाए । उनले यो निर्वाचन जित हार नभएको भन्दै लोकतन्त्रलाई बलियो बनाउने पाटो मात्रै भएको बताए । उनले भरतपुर महानगरपालिकामा कांग्रेसलाई अझै बलियो बनाउन आफू लागि पर्ने प्रतिवद्धता जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>