चितवन विशेष
पर्यटन दिवसमा वक्तृत्वकलाः परिवेश चपागाईं प्रथम

चितवन, असोज ११–
पर्यटन दिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा परिवेश चपागाईं प्रथम भएका छन् ।
चितवन र नवलपुरका विभिन्न ७ लियो क्लवहरुलाईपछि पार्दै लियो क्लब अफ भरतपुर युथका चपागाईं प्रथम भएका हुन् । ४२औँ विश्व पर्यटन दिवसको अवसरमा लियो क्लब अफ गीतानगरले ‘कोरोनाले थलिएको पर्यटन विकासमा युवा र युवा आवद्ध सामाजिक संस्थाको भूमिका’ विषयमा उक्त प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगितामा लियो क्लब अफ चितवन पर्साका देवेन्द्र श्रेष्ठ द्धितीय हुँदा लियो क्लब अफ चितवन वीरेन्द्रनगरकी अञ्जना सिलवाल तृतीय भएकी थिईन् । विजेताहरुलाई नगद र प्रमाण पत्र पुरस्कृत गरिएको कार्यक्रम संयोजक शान्ति रिमालले बताईन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष प्रकाश दवाडी, पर्यटन व्यवसायी सुमन घिमिरे, देभेन लोहनीलगायतको उपस्थितिम उनीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको निर्णायकको रुपमा क्षेत्रीय होटल संघ सौराहा चितवनका निर्वतमान अध्यक्ष सुमन घिमिरे, संचारकर्मी अपिल घिमिरे र सविता अधिकारी रहेका थिए ।
भरतपुर १३, पृथ्वीनगरको कमल पोखरी तथा दुर्गा मन्दिरको परिसरमा भएको प्रतियोगितामा लायन्सको जि.एस.टी कोडिनेटर कमल प्रसाद श्रेष्ठ, लियो क्लब आफ गीतानगरका संस्थापक अध्यक्ष एवम् लयन्स क्लव अफ गीतानगरका संसथपक अध्यक्ष अशोक कोइराला, लियो डिष्ट्रिक काउन्सील ३२५ बी २ का एक्जुकेटिभ सेक्रेटरी पुरुषोत्तम सुवेदी, लियो डिस्ट्रक काउन्सील ३२५ बी २ का एरिया कोडिनेटर विज्ञान पौडेल, लियो डिष्ट्रिक काउन्सील ३२५ बी २ का रिजन कोअडिनेटर दिपेश ज्ञवाली र लियो क्लब अफ गीतानगरका पूर्व अध्यक्षहरुको विशेष उपस्थिती रहेको थियो ।
लियो क्लब आफ गीतानगरका अध्यक्ष विवेक पोख्रेलले क्लबले पर्यटकीय गतिविधी र पश्चिम चितवनका पर्यटकीय स्थलहरुको प्रचार–प्रसारका लागि निरन्तर काम गर्ने समेत बताएका छन् ।
देवराज सापकोटा सम्मानित
क्लबले पश्चिम चितवनको पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै भरतपुर–६ निवासी देवराज सापकोटालाई सम्मान गरेको छ ।
वरण्डाभार क्षेत्रमा हात्ती सयर र ट्रयाकिङ्ग पर्यटनको शुभारम्भसँगै पश्चिम चितवनको पर्यापर्यटन विकासमा नेतृत्व गरेको भन्दै क्लबले विश्व पर्यटन दिवसको अवसर पारेर कदर पत्रसहित सम्मान गरेको हो ।
























