Breaking News

‘जितिया’ पर्वको अवसरमा चितवनको माडी र खैरहनीमा सार्वजनिक बिदा

Banner

चितवन, असोज ११–

थारु समुदायका महिलाहरुको महान् चाड ‘जितिया’ को अवसरमा चितवनका दुई स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

माडी नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै असोज १३ गते बुधबार नगरभित्र सार्वजनिक बिदाको घोषणा गरेको हो । प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमद्धारा जारी सूचनामा भनिएको छ–‘नगरपालिकाको ६५औं बैठकले आदिवासी थारु जातिको विशेष चाड जितिया पर्वको अवसरमा २०७८ असोज १३ गते बुधबार सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सो दिन माडी नगरभित्र रहेका सम्पूर्ण सरकारी तथा सार्वजनिक कार्यालयहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

यस्तै खैरहनी नगरपालिकाले भने शैक्षिक संस्था मात्रै बन्द गर्ने निर्णय गरेको छ । नगर शिक्षा अधिकारी राजु बानियाँद्धारा विज्ञप्तीमा नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा सार्वजनिक बिदा दिने नगर शिक्षा समितिबाट निर्णय भएकाले सबै शैक्षिक संस्था असोज १३ गते बन्द रहने उल्लेख छ ।

थारु समुदायका महिलाहरुको चाड जितिया भोलि (मंगलबार)बाट सुरु हुँदैछ । मंगलबार महिलाहरु दर खान्छन् भने बुधबार निराहर ब्रत बस्ने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>