Breaking News
कोरोना संक्रमणबाट चितवन मेडिकल कलेजमा स्याङ्जाका एक जनाको मृत्यु, थप ५५ संक्रमित थपिए

चितवन, असोज ११-
कोरोना संक्रमणबाट चितवन मेडिकल कलेजमा एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले जनाएअनुसार विगत २४ घण्टामा स्याङ्जाका एक जनाको मृत्यु भएको हो ।
चितवनमा विभिन्न अस्पतालमा ५७ जना कोरोनाका बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा २५ जना, भेन्टिलेटरमा चार जना, एचडीयूमा १६ जना र जेनरल बेडमा १६ जना रहेका छन् । त्यसैगरी चितवनको विभिन्न अस्पतालबाट विगत २४ घण्टामा सात जना बिरामी डिस्चार्ज भएका छन् ।
त्यस्तै चितवनमा विगत २४ घण्टामा ५५ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिकामा ४५ जना, खैरहनी नगरपालिकामा एक जना, माडीमा दुई जना, रत्ननगरमा ६ जना र कालिकामा एक जनामा कोरोना संक्रमण देखिएको हो ।
अहिले चितवनमा ५६० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये घरमा आईसोलेसनमा ५२१ जना र अस्पतालको आइसोलेसनमा ३९ जना रहेका छन् ।
























