Breaking News

माडी नगरपालिकामा माओवादीको मनपरी, पार्टीको वडा सचिव नगरपालिकाको कर्मचारी

Banner

चितवन, असोज ११-

माडी नगरपालिकाको प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतमले नियम विपरित राजनीतिक दलका कार्यकर्तालाई नगरपालिकाका कर्मचारीमा नियुक्त गरेका छन् ।
प्रमुख कार्यकारी अधिकृत गौतमले एकीकृत नेकपा माओवादी माडी नगरपालिका वडा नम्वर ७ का वडा सचिव सुरेश थापालाई आफ्नो गाडी चालकमा नियुक्त गरेका हुन् । निजामती कर्मचारी ऐनको दफा ४४ ले निजामती कर्मचारीले राजनीतिमा भाग लिनु हुँदैन भन्ने उल्लेख गरे पनि नगरपालिकाले भने सिधै नगस्तरका माओवादी नेतालाई कर्मचारी नियुक्त गरेको हो । थापा वडा सचिव रहेको वाईसीएल चितवनका नेता सन्तोष पनेरुले जानकारी दिए ।

माडी नगरपालिकाका कार्यकारी अधिकृत गौतम आफू कार्यालयमा सरुवा भएर आउनुअघिकै करार सम्झौता भएकोले त्यसलाई निरन्तरता मात्रै दिएको दाबी गर्छन् । माडी नगरपालिकामा हाल कार्यरत अधिकांश कर्मचारी करारमा छन् । नगरप्रमुख ढकाल र नगरपालिकाका कार्यकारी प्रमुख समेतले आफू अनुकुल व्यक्तिहरु नगरपालिकामा नियुक्ति गर्न स्थायी दरबन्दी भए पनि कर्मचारीको माग गर्न प्रदेश र संघीय लोक सेवा आयोगमा सिफारिस गरेका छैनन् । अधिकांश कर्मचारी करारमा भएकोले महालेखा परीक्षकको कार्यालयले समेत कर्मचारीको विषयमा प्रश्न उठाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>