चितवन विशेष

जापान जाने विद्यार्थीका लागि सेन्ट्रल कलेजको बधाई तथा शुभकामना कार्यक्रम

Banner

चितवन, असोज ११–

सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टरले शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ ।

जापानमा उच्च शिक्षाको लागि जुलाई तथा अक्टुबर इन्टेक २०२१ मा अप्लाई गरी सिओई प्राप्त विद्यार्थीहरुलाई बधाई, शुभकामना तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो । होटेल रेड कार्पेटमा गरिएको कार्यक्रम सेन्ट्रल कलेजकी सिईओ शारदा शर्माको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि कलेजका प्रिन्सिपल यज्ञविलाश पौडेल रहेका थिए । सिओई प्राप्त विद्यार्थीहरुलाई खादा तथा अविर लगाई सम्मान गरिएको थियो ।

सो क्रममा बोल्दै प्रमुख अतिथि पौडेलले कलेजले विद्यार्थीहरुको आर्थिक अवस्था तथा मनोभावना बुझेर उच्च शिक्षाका लागि जापानका विभिन्न कलेजहरुको बारेमा परामर्श दिदै आएको बताए ।

विगत लामो समयदेखि सयौं विद्यार्थीहरुलाई जापान पठाउदै आएको कलेजले जापानको विभिन्न शहरहरुमा रहेका कलेज तथा युनिर्भसिटिहरुमा सिधा सम्पर्क गर्दै विद्यार्थीहरुलाई उत्कृष्ट परामर्श दिँदै आइरहेको छ । जापानीजहरुको प्रत्यक्ष संलग्नता सेन्ट्रल कलेज संचालन भइरहेकाले नेपालकै सबै भन्दा बढी विश्वासिलो, सफल र ठूलो कन्सलटेन्सीको रुपमा परिचित छ । भविष्यमा जापानमा पनि आफ्नै कन्सल्टेन्सी तथा मेनपावार छिट्टै संचालनमा ल्याई जापान गएका विद्यार्थीहरुलाई रोजगारीको लागि पनि सहयोग गरिने कलेजका प्रिन्सिपल पौडेलले बताए ।

उनले कलेजले विद्यार्थीहरुलाई भाषामा दक्ष बनाउनका लागि जापानमा अध्ययन पुरा गरी आएका दक्ष सेनसेईहरुबाट तथा जापनीज सेनसेईबाट कक्षा संचालन भइरहेकाले विद्यार्थीहरु (NAT) लगायत विभिन्न परीक्षामा पनि उतकृष्ट अङक ल्याउन सफल भएको बताए ।

सेन्ट्रल कलेजका विद्यार्थीहरु जापानका कलेज, इमिग्रेसन, एम्बेसीका अन्तरवार्ताहरुमा सजिलै सफल भएको अनुभव पौडेलले सुनाए । विगत १२ वर्षदेखि विशेष गरी उच्च शिक्षाको लागि जापानको काम गर्दै आएको यस कलेजको मुख्य कार्यालय पुतली सडक काठमाण्डौंमा रहेको छ भने नारायणगढ, कावासोती, बुटवल, पोखरा, हेटौंडालगायत देशका १० भन्दा बढी शहरहरुमा रहेको छ ।

आउँदो २०२२ अप्रिल तथा जुलाई इन्टेकको लागि नयाँ विद्यार्थीहरुको भर्ना खुलेको पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>