Breaking News

कांग्रेस महाधिवेशनः भरतपुर महानगरको सभापतिमा चित्रसेन अधिकारी विजयी

Banner

चितवन, असोज ११–

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत भएको निर्वाचनबाट भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् ।

आज (सोमबार) विहान सम्पन्न मत गणना अनुसार चित्रसेन १०३ मतले विजयी भएका हुन् । भरतपुर २१ का वडा अध्यक्ष समेत रहेका चित्रसेनले ६४९ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्धन्द्धी वर्तमान सभापति समेत रहेका भरत अधिकारीले ५४६ मत प्राप्त गरे ।

यस्तै अन्य उम्मेद्वारहरु हिरामणी अधिकारीले १२९, बचन कार्कीले ७५ र अर्जुनप्रसाद रिजालले २६ मत प्राप्त गरे ।

यस्तै उपसभापतिमा बुद्धिकान्त न्यौपाने (६६१) र विजय घले (५५६) निर्वाचित भएका छन् । अन्य उम्मेदवारहरु किशोर गुरुङ ५५४, कृष्णप्रसाद रेग्मी २०५, केदारनाथ बराल ९५, गीताकुमारी शर्मा १४८, देवीप्रसाद लुईटेल ६६, शारदा कुमारी १७२ र सुरक्षा रेग्मीले २०७ मत प्राप्त गरे ।

त्यस्तै सचिवमा प्रनिशा गुरुङ (५६४) र कृष्ण बगाले (४५६) निर्वाचित भएका छन् ।

यस्तै सह–सचिवमा उपेन्द्र पण्डित (५१३) र कल्पना पौडेल खड्का (४२०) विजयी भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>