चितवन विशेष

चितवनका दलित नेता परियार कांग्रेस पार्टी छाडेर फेरि एमालेमा प्रवेश

Banner

चितवन, असोज १०-

चितवन इच्छाकामनाका दलित नेता चन्द्रबहादुर परियारले नेपाली कांग्रेस पार्टी परित्याग गरी फेरि एमालेमा प्रवेश गरेका छन् ।

इच्छाकामना गाउँपालिका–४ कुरिनटारका परियार आज एक विज्ञप्ति जारी गर्दै फेरि एमालेमा फर्किएको घोषणा गरेका हुन् । उनी गत साउनमा एमाले छाडेर कांग्रेसमा प्रवेश गरेका थिए । उनले कांग्रेसको प्रलोभनमा परेर सो पार्टीमा लाएको बताएका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘भुलबस कांग्रेसको लहलहै र झुटा प्रलोभनमा परी एमाले परित्याग गरेर साउनमा कांग्रेस प्रवेश गर्न पुगेँ । अहिले बुझ्दा नेपाली कांग्रेसबाट समाज परिवर्तनको सम्भावना देखिन । एमाले जस्तो जनपक्षीय र जनप्रेमी पार्टी अर्काे नभएको महसुस गरी आजबाट सोही एमालेमा फर्किएको छु ।’

उनी बिगतमा जातीय मुक्ति समाज चितवनको जिल्ला कमिटी सदस्य रहनुका साथै एमालेको १० औं जिल्ला कमिटी आयोजक कमिटीको सदस्य समेत रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>