Breaking News

कांग्रेस महाधिवेशनः खैरहनीको सभापतिमा गुणराज श्रेष्ठ निर्वाचित

Banner

चितवन, असोज १०–

नेपाली कांग्रेस खैरहनी नगर सभापतिमा झिनो मतका साथ गुणराज श्रेष्ठ निर्वाचित भएका छन् ।

शनिबार साँझ भएको मतदानबाट १४५ मतका साथ श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी वर्तमान सभापति शशी खनियाँले १४२ मत प्राप्त गरे ।

यस्तै उपसभापतिमा प्रेमप्रसाद रेग्मी (१४२) र विक्रम पंजियार महतो (१३५) मतका साथ विजयी भएका छन् । निर्वाचित दुवै जना खनियाँ प्यानलबाट निर्वाचनमा होमिएका थिए ।

यस्तै सचिवमा अनुप अधिकारी (१५५) र टिकादत्त इटनी (१५३) निर्वाचित भएका छन् । निर्वाचित अधिकारी खनियाँ प्यानलका हुन् भने इटनी सभापतिमा निर्वाचित श्रेष्ठ प्यानलका हुन् ।

त्यस्तै सह–सचिवमा राजेन्द्र रिजाल (१३९) र अमृता उप्रेती (१३६) निर्वाचित भएका छन् । रिजाल खनियाँ प्यानलका हुन् भने उप्रेती श्रेष्ठ प्यानलका हुन् ।

यस्तै कार्यसमिति सदस्यमा खसआर्य तर्फ ६ जनाका लागि १३ जनाबीच प्रतिस्पर्धा भएको थियो । जसमा कुशलराज गिरी (१४८), किरण अधिकारी (१४७), केशव लम्साल (१३६), चन्द्रकान्त पाण्डे (१३०), शंकर प्रसाद पाण्डे (१२७), प्रकाश मुडबरी (१२६) निर्वाचित भएका छन् ।

खैरहनीमा कुल २९४ जना मतदाता रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>