Breaking News

कांग्रेस महाधिवेशनः इच्छाकामनाको सभापतिमा कृतिकुमार श्रेष्ठ निर्वाचित

Banner

चितवन, असोज १०–

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरगत चितवनको इच्छाकामना गाउँपालिकाको सभापतिमा कृतिकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

शनिबार राति सकिएको मतगणनामा ६६ मतका साथ श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी विष्णु कुमार कुवँरले ६२ मत प्राप्त गरे ।

यस्तै उपसभापतिमा देवलाल गुरुङ (७२) र दीपक खनाल (६८) मतका साथ निर्वाचित भएका छन् ।

त्यस्तै सचिवमा तुलबहादुर गुरुङ (७७) र हिरा गुरुङ (६६) मतका साथ विजयी भएका छन् ।

यसैगरि सह–सचिवमा उत्तर कुमार गुरुङ (७८) र सुधिर अधिकारी (७९) मतका साथ निर्वाीचत भएको मतदान अधिकृत हरिहर दवाडीले नारायणी अनलाइनलाई जानकारी दिए ।

दुई जना उपसभापतिका लागि ७ जना र २ जना सचिवका लागि ६ जनाले उम्मेद्वारी दिएका थिए ।
यहाँ रहेका सबै मतदाता १३३ जनाले नै मतदान गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>