Breaking News
कांग्रेस महाधिवेशनः इच्छाकामनामा नयाँ नेतृत्वका लागि केहीबेरमा मतदान हुँदै
०

चितवन, असोज ९–
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरगत चितवनको इच्छाकामना गाउँपालिकाको सभापतिमा दुई जनाको उम्मेद्वारी परेको छ ।
शनिबार भएको निर्वाचन प्रक्रियामा सभापतिका लागि विष्णु कुमार कुवँर र कृतिकुमार श्रेष्ठले उम्मेद्वारी दर्ता गराएको मतदान अधिकृत हरिहर दवाडीले नारायणी अनलाइनलाई जानकारी दिए । यस्तै दुई जना उपसभापतिका लागि ७ जना र २ जना सचिवका लागि ६ जनाले उम्मेद्वारी दर्ता गराएको दवाडीले जानकारी दिए ।
उनले सर्वसम्मतको प्रयास गरिए पनि सफल नभएपछि अब केहीबेरमै मतदान गर्न लागिएको जानकारी दिए । इच्छाकामनामा कुल ३५ जनाको पद रहेको छ । यहाँ कुल १३३ जना मतदाता रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























