Breaking News
कांग्रेस अधिवेशनः भरतपुर महानगरको मतदान भोलि विहान ८ बजे

चितवन, असोज ९–
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत चितवनमा सुरु भएको निर्वाचन प्रक्रियामा भोलि मात्रै मतदान हुने भएको छ । भरतपुर महानगर समितिको नेतृत्वका लागि भोलि (आइतबार) विहान ८ बजे मतदान हुने मतदान अधिकृत श्रीराम दवाडीले नारायणी अनलाईनलाई जानकारी दिए ।
उनले मतदानका लागि अन्तिम नामावली प्रकाशनको तयारी भइरहेको जानकारी दिए । ‘सबै काम सकाउदा ढिला हुन थालेपछि भोलि विहान मात्रै मतदान गर्ने सहमती भएको छ’–मतदान अधिकृत दवाडीले भने । महानगरको सभापतिका लागि पाँच जनाले उम्मेद्वारी दर्ता गराएका छन् । जसमा वर्तमान सभापति भरत अधिकारी, हिरामणि अधिकारी, चित्रसेन अधिकारी, अर्जुन रिजाल र बचन कार्की रहेका छन् ।
निर्वाचनस्थल विश्वप्रकाश माध्यमिक विद्यालय परिसरमा कांग्रेस प्रतिनिधिहरुको बाक्लो चहलपहल रहेको छ । उम्मेद्वारहरुले मतदानस्थलमा आफ्ना ठूला ठूला प्रचार सामग्री राखेर मत मागिरहेका छन् ।























