चितवन विशेष

भरतपुरको ठिमुरामा निःशुल्क आँखा जाँच शिविर

Banner

चितवन, असोज ९-

भरतपुरको ठिमुरामा निःशुल्क आँखा शिविर गरिएको छ ।

नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पतालको आयोजना तथा भरतपुर महानगरपालिका १ नं. वडा कार्यालय, राइनो क्लब नारायणगढ र ठिमुरा टोल विकास संस्थाको सहआयोजनामा सो शिविर सञ्चालन गरिएको हो ।

ठिमुरा स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनमा गरिएको शिविरमा महिला, पुरूष र बालबालिकाहरू गरेर जम्मा ११७ जनाले आँखाको परीक्षण गरेका थिए । शिविरमा आँखा जाँच गरेका मध्ये १० जनामा मोतियाबिन्दुको समस्या रहेको र निजहरूलाई यातायात खर्चसहित भरतपुर आँखा अस्पतालमा लगेर निःशुल्क शल्यक्रिया गरिने क्लबका अध्यक्ष भरतकुमार श्रेष्ठले बताए ।
शिविरमा नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पतालका आठ जना नेत्र विशेषज्ञले बिरामीहरूको आँखा जाँच गरेका थिए भने आवश्यकता अनुसार आँखाको औषधि र चश्मा निःशुल्क बितरण गरिएको भरतपुर आँखा अस्पतालका सहायक ब्यवस्थापक छाया श्रेष्ठले जानकारी दिइन् । राइनो क्लब नारायणगढका अध्यक्ष भरतकुमार श्रेष्ठको अध्यक्षतामा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरमा क्लबका पूर्बअध्यक्षहरू निरञ्जन प्रधान, माला श्रेष्ठ, उपाध्यक्ष महेन्द्र वाग्ले, सदस्यहरू उत्तम जोशी, अर्जुन श्रेष्ठ, इश्वर जोशी र इन्दु राजभण्डारी श्रेष्ठको उपस्थिति रहेको थियो । कार्यक्रम क्लबका सचिब छाया श्रेष्ठको संयोजकत्वमा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>