चितवन विशेष

भरतपुरको जेम्स वल्र्ड फन पार्कले ल्यायो दसैँतिहार विशेष छुटको अफर

Banner

चितवन, असोज ९-

भरतपुरको जेम्स वल्र्ड फन पार्कले दसैँतिहार जस्ता महत्वपूर्ण चाडपर्वलाई लक्षित गरेर विशेष छुटको अफर ल्याएको छ ।

लामोसमयपछिको लकडाउनले बन्द भएको फनपार्कले लकडाउन हटेसँगै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै मानिसहरुको सुविधाको लागि सो अफर ल्याएको हो ।
फनपार्कका अध्यक्ष महेश तिवारीका अनुसार दसैँतिहारलाई लक्षित गरी ल्याइएको विशेष छुटको अफरमा पाँच टिकट किन्दा एक टिकट सित्तैमा दिने व्यवस्था गरिएको छ । त्यस्तै तीन फिटसम्मको बच्चालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने असोज र कात्तिकमा खरिद गरेको टिकटलाई माघ महिनासम्म प्रयोग गर्न सकिने व्यवस्था गरिएको तिवारीले नारायणी अनलाइनलाई बताए । चाडपर्वलाई लक्षित गरी दिइएको छुटमा प्रवेश शुल्क जम्मा १०० रुपैयाँ मात्र राखिएको छ ।

 

सहरी कोलाहलबाट केही समय बिश्राम लिन बजार क्षेत्रमा उचित गन्तव्यको रुपमा भरतपुर महानगरपालिका–४ लंकुमा रहेको फन पार्कलाई लिने गरिएको छ । अन्तर्राष्ट्रियस्तरको यो फन पार्क करोडौँ रुपैयाँ लगानी गरेर सञ्चालनमा ल्याइएको हो । मनोरञ्जनका साधन र सुविधाका हिसाबले नेपालकै सबैभन्दा ठूलो फन पार्कको रुपमा जेम्स वल्र्ड फन पार्कलाई लिने गरिन्छ । फन पार्कमा विश्वमा उत्कृष्ट मानिएका खेलहरू राखिएका छन् । फन पार्कमा सानादेखि ठूला गरी एक सय खेल समावेश गरिएको छ । सबै उमेर समूहलाई लक्ष्य गरी छुट्टा छुट्टै खेलको व्यवस्था गरिएको छ । पार्क भित्रको वाटर पार्कमा दुई ठूला टनेल छन् । ४३ फिटको उचाइबाट २६५ फिट लामो टनेलमा पानीमा रम्दै झर्ने व्यवस्था गरिएको छ ।

फन पार्कमा बालबालिकाका लागि पानीभित्र जादुमय मल्टिपल प्ले स्टेसन रहेको छ । संसारबाट लोप भएको डाइनोसर प्रजातिबारे जानकारी हुने खालको जुरासिक पार्कको पनि अवलोकन गर्न सकिन्छ । सुरक्षाका लागि अन्तर्राष्ट्रिय मापदण्ड टीयूभी प्रमाणित गरिएको फन पार्कले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै सञ्चालनमा आएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>