Breaking News

कांग्रेस महाधिवेशनः खैरहनीमा खनियाँ र श्रेष्ठले दिए सभापतिमा उम्मेद्वारी

Banner

चितवन, असोज ९–

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत आज चितवनका सात वटा स्थानीय तहमा निर्वाचन प्रक्रिया सुरु भएको छ ।

आज (शनिबार) मनोनयन पत्र दर्ता गर्दै निर्वाचन प्रक्रिया सुरु गरिएको हो । जसअन्तरगत पूर्वी चितवनको खैरहनी नगरपालिकाको सभापति दुई जनाले उम्मेद्वारी दर्ता गराएका छन् । मतदान अधिकृत प्रेमराज पौडेलका अनुसार वर्तमान सभापति शशी खनियाँ र गुणराज श्रेष्ठले सभापतिमा मनोनयन पत्र दर्ता गराएका छन् । उनले अन्य पदमा उम्मेद्वारी दिनेहरुको लिष्ट तयार गरिरहेको बताए ।

खैरहनीमा कुल ७२ पदमा निर्वाचि हुनेछन् । आज निर्वाचन प्रक्रिया लम्बिदै गए भोलि मात्रै मतदान हुने मतदान अधिकृत पौडेलले जानकारी दिए । खैरहनीमा कुल २९४ जना मतदाता रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>