खैरहनी

चितवनमा भोलि १० बजेदखि ४ बजसम्म बिद्युत अबरुद्ध हुने, कुन–कुन स्थानमा जाँदैछ लाइन ?

Banner

चितवन,असोज ८-

चितवनका विभिन्न स्थानमा भोलि (शनिवार) बिद्युत अबरुद्ध हुने भएको छ । भरतपुरको पुल्चोकदेखि गोन्द्राङसम्मको सडक विस्तारका लागि विद्युत पोल स्थानान्तरण गर्न बिद्युत अबरुद्ध गर्न लागिएको नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाले जनाएको छ । विहान १० बजेदेखि दिउसो ४ बजेसम्म ३३ केभि पर्सा फिडर र ३३ केभि चनौली फिडर सटडाउन हुने प्राधिकरणले जनाएको छ । पूर्वी चितवनको पर्सा क्षेत्र र पश्चिम चितवनको चनौली र माडी क्षेत्रमा विद्युत अबरुद्ध हुने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>