चितवन विशेष

होटल ह्याप्पी होम पाँचौँ वर्षमा प्रवेश

Banner

चितवन, असोज ७–

चितवनको नारायणगढमा रहेको होटल ह्याप्पी होम पाँचौँ वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो समयमै लोकप्रिय बनेको होटलले बुधबार चौथो वार्षिकोत्सव मनाएको हो । नारायणगढस्थित कमलनगरमा रहेको यस होटल २०७५ असोज ६ गते स्थापना भएको थियो ।

होटल क्षेत्रमै जागिरे जीवन बिताएका युवा कृष्ण महतोले होटलको स्थापना गरेका थिए । मजदुर हुँदै मालिक बनेका महतो नारायणगढका होटल व्यवसायीहरुमा छुट्टै प्रभाव छोड्न सफल भएका छन् । बुधबार स्थानीय र व्यसायीहरुको उपस्थितिमा केक काटेर होटलको वार्षिकोत्वस मनाईएको हो । सो क्रममा उपस्थित व्यक्तिहरुले संचालक महतोलाई शुभकामना दिएका थिए ।

संचालक महतोले सबैको माया र साथले नै होटल यहाँसम्म आइपुगेको भन्दै आगामि दिनमा पनि यस्तै मायाको अपेक्षा गरे । उनले गुणस्तरीय खाना र सेवाका कारण नै छोटो समयमै होटलले सफलता हासिल गर्न सफल भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>