Breaking News

चितवनमा अपराधिक घटना न्यूनीकरण पहिलो प्राथमिकताः प्रजिअ तामाङ

०
Banner

चितवन, असोज ७–

चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) आशमान तामाङले चितवनमा अपराधिक घटना न्यूनीकरण गर्ने आफ्नो पहिलो प्राथमिकता रहेका बताएका छन् ।

भर्खर मात्रै सरुवा भएर चितवन आएका प्रजिअ तामाङले विहीबार पत्रकारहरुसंग भेटघाट गर्दै जिल्लालाई शान्ति सुरक्षामा सफल बनाउन, जनतालाई छिटो र छरितो सेवा उपलब्ध गराउने गरी कार्यालयहरुलाई चुस्त बनाउने कार्य आफ्नो प्राथमिकता रहेको बताए । ‘अहिले जिल्लामा घटनाहरु धेरै भएका छैनन्, तर अपराधिक घटना जुनसुकै बेला हुन सक्ने भएकाले जिल्लालाई सुरक्षित बनाउन प्रतिवद्ध छु’–प्रजिअ तामाङले भने ।

प्रजिअ तामाङले चितवन मेडिकल सिटीको रुपमा विकास भइरहेकाले यसमा देखिएको समस्या समाधानका लागि पनि आफू प्रतिवद्ध रहेको बताए । ‘चितवन मेडिकल र शिक्षाको हबको रुपमा विकास भइरहेको छ, यसमा देखिएको बेथिति नियन्त्रणका लागि म प्रतिवद्ध भएर लाग्छु’–प्रजिअ तामाङले भने । उनले यसका लागि संचारमाध्यमबाट सकरात्मक सहयोगको अपेक्षा समेत गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>