Breaking News

प्रचण्ड भन्छन्: हामी विजेता हौं, केपी ओली हरूवा र भगौडा हो

Banner

काठमाडौँ, असोज ७-

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएका छन् ।

योङ कम्युनिष्ट लिग नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई आज सम्बोधन गर्दै प्रचण्डले ओली हरूवा र भगौडा भएको बताएका हुन् ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि ओलीलाई नेपालको महान् नेता बन्ने अवसर भए पनि उनको बुद्धि नपुगेको प्रचण्डले तर्क गरे । ‘मैले केपीजस्तो बुद्धि नभएको नेता अर्को देखेको छैन। दुई पार्टी एक भएपछि उनलाई नेपालको महान् नेता बन्ने अवसर थियो,’ प्रचण्डले भने,‘ तर गिदीमा गोबर भरिएपछि के गर्ने !’
केपी व्यक्ति नभएर दम्भी, अहंकारी, सामन्ती हिन्दुवादी प्रवृत्ति भएको प्रचण्डले बताए । ओलीले माओवादी र माओवादी नेतृत्वलाई सखाप पार्न प्रतिनिधि सभा विघटन गरेको प्रचण्डले बताए । ओलीको उक्त षडयन्त्रमा विदेशीहरूले साथ दिएको उनले बताए।

‘तर हामीले त्यसलाई हरायौं। नेकपा हुँदा केपीको प्रवृत्ति उजागर गरेर उनलाई पार्टी साधारण सदस्यबाट निकाल्यौं,’ प्रचण्डले भने, ‘पछि पनि उनलाई बालुवाटारबाट बालकोट पु¥यायौं । हामी विजेता हौं । केपी हरूवा हो, भगांैडा हो ।’

माओवादी युद्धका बेला प्रतिक्रियावादीहरूले आफूहरूलाई घेरा हाल्ने र सखाप पार्ने रणनीति बनाएजस्तै पछिल्लो समय ओलीले त्यस्तै कोशिश गरेको प्रचण्डले बताए । ‘अहिले पनि खतरा टरिसकेको छैन । अहिले पनि हाम्रो गठबन्धनलाई टुटाउन षडयन्त्र भइरहेका छन् । जस्तोसुकै त्याग गर्नु परे पनि हामीले अर्को चुनावसम्म अहिलको गठबन्धनलाई टुट्न नदिने प्रतिबद्धता जनाएका छौं,’ प्रचण्डले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>