विचित्र संसार

गिनिज बुकमा नाम लेख्न सफल लामो काने कुकुर

Banner

काठमाडौँ, असोज ७-
कान लामो भएको कारणले अमेरिकामा तीन वर्षको एक कुकुरले गिनिज बुकमा नाम लेखाएको छ ।

उक्त कुकुरका कानका लोती यति लामा छन् कि झ्वाट्ट हेर्दा लाम्काने बाख्राका जस्ता देखिन्छन् । कानका लोतीको लम्बाई १३.३८ इन्च छ ।

पेइज ओल्सेन नामकी महिलाले घरमा पालेको उक्त कुकुरको कानको लोती लामो देखिए पनि उनले नापेकी थिइनन् । तर जब महामारीका कारण घरमै बस्नुपर्दा उनीसँग पर्याप्त समय भयो तब ओल्सेनले आफ्नो कुकुरको कान नाप्न थालिन् । कुकुरको कानको नाप अस्वभाविक पाएसँगै उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा निवेदन दिइन् ।

उक्त लु नामको पोथी कुकुरको कान लामो भएको कारण गिनिज बुक २०२२ को नयाँ संस्करणमा समावेश गरीएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>