स्वास्थ्य

नेपालमा पुसबाट बालबालिकालाई पनि खोप लगाइने

Banner

काठमाडौं,असोज ६-

आगामी पुसबाट बालबालिकालाई कोरोनाविरुद्ध खोप लगाउने तयारी थालिएको छ । त्यसका लागि सरकार अन्तिम तयारीमा छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकालाई आगामी पुसदेखि कोरोनाविरुद्ध खोप दिन सुरु गरिने तयारी भइरहेको बताए । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बुधबार बसेको बैठकमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि एक करोड मात्रा खोप आउने प्रक्रियामा रहेको जानकारी दिए।

उनले भने,‘गाभिमार्फत् ४० लाख मात्रा मोर्डना खोप ल्याउन प्रक्रिया टुंगिसकेको छ । फाइजरको ६० लाख मात्रा खोप सन्दर्भमा प्रक्रिया अन्तिम स्टेजमा पुगेको छ । डिसेम्बर वा जनवरिबाट खोप लगाइन्छ ।’ यसअघि औषधि व्यवस्था विभागले फाइजर खोप आयातका लागि अनुमति दिइसकेको छ । हालसम्म नेपालमा कोभिसील्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एष्ट्राजेनेकाले आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>