खेलकुद

खैरहनीमा जिल्ला स्तरीय ‘स्वर्णकप’ फुटबल प्रतियोगिता हुँदै

Banner

चितवन, असोज ६–

पूर्वी चितवनको खैरहनीमा जिल्ला स्तरीय स्वर्णकप फुटबल प्रतियोगिता हुने भएको छ।

युवा स्वर्ण तारा क्लबको आयोजनामा स्व. डिल्लिराम अधिकारीको सम्झनामा स्वर्णकप फुटबल प्रतियोगिता हुन लागेको हो । मेडिकल संचालन गर्दै आएका अधिकारीको कोभिड–१९ का कारण निधन भएको थियो । क्लवले आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताका बारे जानकारी गराएको हो ।

जिल्लाका १४ टिम सहभागी हुने प्रतियोगिता यहि असोज ९ गतेदेखी सुरु हुने क्लवका अध्यक्ष एवं प्रतियोगिताका संयोजक मनोज खड्गीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ७५ हजार र ट्रफी तथा उपविजेताले नगद ३५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने क्लवका सचिब सागर अधिकारीले जानकारी दिए ।

प्रतियोगिता अवलोकनका लागि रु.३० प्रवेश शुल्कको ब्यवस्था गरिएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहे पनि स्वास्थ्य मापदण्ड पुराएर प्रतियोगिता गराइने क्लवका सल्लाहकार केएन सिलवालले बताए । वि.सं. २०४१ सालमा स्थापना भएको युवा स्वर्ण तारा क्लवले खेलकुद बाहेक सामाजिक काम समेत गर्दै आएको छ ।

क्लवले प्रतियोगिताको तालिका पनि सार्वजनिक गरेको छ । पहिलो खेलमा बसन्तपुर युनाइटेड क्लव माडी र हर्दी युवा समाज राप्ती ६ बिच प्रतिस्पर्धा हुनेछ । पत्रकार सम्मेलनमा फुटबलका पूर्व राष्ट्रिय खेलाडी छन्नुराम चौधरी ,भेट्रान खेलाडी चक्र पुन ,स्व. डिल्लिराम अधिकारीका छोराछोरीको पनि उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>