खेलकुद

खैरहनीमा जिल्ला स्तरीय ‘स्वर्णकप’ फुटबल प्रतियोगिता हुँदै

०
Banner

चितवन, असोज ६–

पूर्वी चितवनको खैरहनीमा जिल्ला स्तरीय स्वर्णकप फुटबल प्रतियोगिता हुने भएको छ।

युवा स्वर्ण तारा क्लबको आयोजनामा स्व. डिल्लिराम अधिकारीको सम्झनामा स्वर्णकप फुटबल प्रतियोगिता हुन लागेको हो । मेडिकल संचालन गर्दै आएका अधिकारीको कोभिड–१९ का कारण निधन भएको थियो । क्लवले आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताका बारे जानकारी गराएको हो ।

जिल्लाका १४ टिम सहभागी हुने प्रतियोगिता यहि असोज ९ गतेदेखी सुरु हुने क्लवका अध्यक्ष एवं प्रतियोगिताका संयोजक मनोज खड्गीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ७५ हजार र ट्रफी तथा उपविजेताले नगद ३५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने क्लवका सचिब सागर अधिकारीले जानकारी दिए ।

प्रतियोगिता अवलोकनका लागि रु.३० प्रवेश शुल्कको ब्यवस्था गरिएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहे पनि स्वास्थ्य मापदण्ड पुराएर प्रतियोगिता गराइने क्लवका सल्लाहकार केएन सिलवालले बताए । वि.सं. २०४१ सालमा स्थापना भएको युवा स्वर्ण तारा क्लवले खेलकुद बाहेक सामाजिक काम समेत गर्दै आएको छ ।

क्लवले प्रतियोगिताको तालिका पनि सार्वजनिक गरेको छ । पहिलो खेलमा बसन्तपुर युनाइटेड क्लव माडी र हर्दी युवा समाज राप्ती ६ बिच प्रतिस्पर्धा हुनेछ । पत्रकार सम्मेलनमा फुटबलका पूर्व राष्ट्रिय खेलाडी छन्नुराम चौधरी ,भेट्रान खेलाडी चक्र पुन ,स्व. डिल्लिराम अधिकारीका छोराछोरीको पनि उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>