चितवन विशेष

शक्ति प्रदर्शनसहित सापकोटाले गरे रत्ननगर कांग्रेसको सभापतिमा उम्मेद्वारी घोषणा

Banner

असोज ६ गते –
नेपाली कांग्रेस रत्ननगर नगर समितिको सभापतिसहित अन्य पदका लागि प्रलाद सापकोटा प्लानलले उम्मेदवारी घोषणा गरेको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत यही असोज ९ गते हुने नगर अधिवेशनका लागि सापकोटाले रत्ननगरमा आज (बुधवार) आफ्नो प्लानल सहितको उमेदवारी घोषणा गरेका हुन् ।

सापकोटा प्यानलबाट उप सभापतिमा केदारमान बाइवा र शिवकान्त पौडेलले उमेद्वारी दिने घोषणा गरेका छन् । सचिवमा तिर्थराज सुवेदी र विरेन्द्र चौधरी, सह–सचिवमा अमृत मल्ल र गोबिन्द भट्टराई रहेका छन् ।

उमेद्वारी घोषणा कार्यक्रममा बोल्दै सापकोटाले कांग्रेसको नेतृत्व युवाहरुले गर्नुपर्ने अहिलको आवश्यकता बमोजिम नै आफूहरुले उम्मेदवारी दिएको बताए ।

उनले आगामी निर्वाचनमा आफ्नो कुनै पनि पदमा उमेद्वारी नरहने बताउँदै सबै ठाउँमा कांग्रेसको जित सुनिश्चित गर्ने गरी सिङ्गो पार्टी एक बनाउने अभियानमा लाग्ने बताए । उम्मेद्वारी घोषणा कार्यक्रममा कांग्रेस कार्यकर्ताहरुको भिड थियो ।

रत्ननगर नगर सभापतिमा सापकोटा र कांग्रेस महामन्त्री डा सशांक कोइराला निकट रुपनराज घिमिरेबीच प्रतिस्पर्धा हुने पक्कापक्की छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>