Breaking News

चितवनका डा. भक्तमान अपहरण मुद्दाका दोषी राजेन्द्र पण्डित पक्राउ

Banner

काठमाडौं, असोज ६ –

नारायणी सामुदायिक अस्पतालका अध्यक्ष भक्तमान श्रेष्ठको अपहरणमा संलग्न  रहेका एक जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले अपहरितलाई राख्ने घरको व्यवस्थापन गर्ने कार्यमा एक अपहरणका योजनाकार भीमसेन पण्डितका छोरा राजेन्द्र पण्डितलाई नुवाकोटबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार राजेन्द्र अपहरितलाई राख्ने घरको व्यवस्थापन गर्ने कार्यमा संलग्न थिए ।

अपहरणकारी रोहित पालिवाल र भीमसेनको समूहले ४ जेठ २०६७ मा अस्पतालबाट घर फर्किँदै गरेका  श्रेष्ठको अपहरण गरेका थिए ।

त्यस्तै मोबाइल र सञ्चारका अन्य साधनबाट टाढा रहेका कारण प्रहरीले भिमसेनलाई पक्राउ गर्न सकेको छैन । रोहितलाई भने अपहरणमा फिरौतीवापत लिइएको १ करोड ८ लाख ५० हजार रुपैयाँ बिगो र त्यसबराबरको जरिवाना र १५ वर्ष कैद सजाय सुनाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>