Breaking News
यस्तो छ इपीएल खेल्ने चितवन टाइगर्सको अन्तिम टोली

चितवन, असोज ५–
बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपीएल) सुरु हुन चार दिन मात्रै बाँकी छ । इपीएल नजिकिएसंगै आयोजकले सबै ६ टिमको अन्तिम टोली सार्वजनिक गरेको छ । जसअन्तरगत चितवन टाइगर्सले ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गर्दै अन्तिम टोली सार्वजनिक गरेको छ ।
चितवन टाइगर्सको कप्तानमा सोमपाल कामी रहेका छन् भने उपकप्तानमा दिलीपनाथ रहेका छन् । यस्तै अन्य स्वदेशी खेलाडीहरु इशान पाण्डे, राजेश पुलामी, भिम सार्की, सन्दीप सुनार, हासिम अन्सारी, गौतम केसी, सागर ढकाल, कमल सिंह ऐरी, खडक बोहरा, साहब आलम, देव खनाल, कृजन गुरुङ रहेका छन् । कृजन गुरुङले चितवन प्रिमियर लिग (सीपीएल)मा उत्कृष्ट प्रदर्शन गरेसंगै ट्यालेन्ट हन्त मार्फत चितवन टाइगर्समा अनुबन्ध भएका हुन् । चितवन टाइगर्सले चितवन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने पाँच जना स्थानीय खेलाडीलाई ट्रायलको लागि बोलाएको थियो ।
यस्तै चितवनको विदेशी खेलाडीहरुमा अफगानिस्तानका मोहम्मद साहजाद, करिम जन्नत, श्रीलंकका प्रशन्न सेक्कुगे र मलेसियन स्टार वीरनदीप सिंह रहेका छन् । चितवनको हेड कोचमा सामसङजंग थापा रहेका छन् भने कोचमा पुरु सिंह, एसिसटेन्ट कोच एवंम म्यानेजरमा पुरेन्दु घोष र फिजियोमा डा.सौगात श्रेष्ठ रहेका छन् ।
























