Breaking News

चितवनको भागमा १ लाख १० हजार खोप : भोलिदेखि लगाइँदै, ककसले पाउँछन् ?

Banner

चितवन, असोज ४ –

चीनबाट खरिद गरी नेपाल ल्याइएको ४४ लाख डोज भेरोसिल खोपमध्ये चितवनको भागमा १ लाख १० हजार डोज परेको छ ।

स्वास्थय कार्यालय चितवनका प्रमुख दिपक तिवारीले कोभिड–१९ विरुद्धको भेरोसिल खोप चितवनका लागि सो संख्यामा प्राप्त भएको जानकारी दिए ।

उनले खोप भोलिदेखि नै लगाउन सुरु गरिने जनाए । तिवारीका अनुसार असोज ५ गतेदेखि ८ गतेसम्म ३५ वर्षमाथिकालाई पहिलो डोजको खोप लगाइनेछ । यस्तै असोज १४ देखि १८ गतेसम्म दोस्रो डोज लगाउन बाँकी रहेकाहरुलाई लगाइने छ ।

उनका अनुसार ६५ हजारलाई दोस्रो डोज लगाउन बाँकी छ । त्यसैले ३५ वर्ष माथिका उमेर समूहका लागि ४५ हजार डोजमात्र प्रयोग गरिने छ ।

सात वटा पालिकाबाट पहिलेकै खोप केन्द्रहरुमा खोप लगाइने उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>