Breaking News
चितवनमा ३४ कोरोना संक्रमित थपिए, ५५६ जना घरमा आइसोलेसनमा, मृत्यु शून्य
०

चितवन, असोज ४-
चितवनमा विगत २४ घण्टामा ३४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिकामा ३० जना, खैरहनी नगरपालिकामा दुई जना, रत्ननगर नगरपालिकामा एक जना र राप्तीमा एक जना थपिएका हुन् ।
चितवनमा झण्डै तीन हजारको हाराहारीमा पुगेको सक्रिय संक्रमितको संख्या अहिले घटेर ५८७ मा झरेको छ । जसमध्ये घरमा आइसोलेसनमा ५५६ जना र अस्पतालको आइसोलेसनमा ३१ जना रहेका छन् । चितवनमा विगत २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।
स्वास्थ्य कार्यालयका अनुसार विभिन्न अस्पतालमा ५४ जना कोरोना संक्रमित बिरामीहरुले उपचार गराइरहेका छन् । जसमा २० जना आईसीयूमा, एक जना भेन्टिलेटरमा, १६ जना एचडीयूमा र सामान्य बेडमा १८ जना रहेका छन् । विगत २४ घण्टामा विभिन्न अस्पतालबाट पाँच जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























