अर्थ
सुनको मूल्य गिरावट, कतिमा हुदैँ छ कारोवार ?
०

काठमाडौँ, असोज ४-
नेपाली बजारमा आज सुनको मूल्य रु दुई सयले घटेको छ । छापावाल सुन आइतबार रु ८९ हजार एक सयमा कारोवार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८८ हजार नौ सय तोकिएको छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ४५० कायम गरिएको छ । तेजाबी सुन आइतबार रु ८८ हजार ६ सय ५०मा कारोवार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु १५ले घटेको छ ।
चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १३५ कायम गरिएको छ । चाँदीको मूल्य आइतबार प्रतितोला रु एक हजार १५० थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























