Breaking News

भरतपुरमा एक महिने मास्क वितरण तथा सचेतना अभियान सम्पन्न, कारोना हरायो भन्दै मास्क नलगाउनेहरु भेटिए (फोटोफिचर)

Banner

चितवन, असोज १ –
भरतपुरमा लियो क्लव अफ भरतपुर युथले गरेको एक महिने मास्क वितरण अभियान सम्पन्न भएको छ ।

हिजो बिहीबार साँझ नारायणगढको सहिद चोकमा मास्क वितरण गर्दै क्लवले अभियानको समापन गरेको हो ।

निषेधाज्ञा खुलेसँगै मास्क नलगाइ हिँड्नेहरुको संख्या बढ्दै गएको देखेपछि मास्क वितरण अभियान सुरु गरिएको क्लवका अध्यक्ष गौरव उपाध्यायले जानकारी दिए । भदौ १ गतेदेखि ३१ गतेसम्म सञ्चालित मास्क वितरण तथा सचेतना अभियान १६ दिन गरिएको थियो ।

मास्क वितरणका लागि बिहानको ३ घण्टा छुट्टाइएको थियो । कुनैकुनै दिन बिहान पानी परेको र कुनै दिन क्लवले अन्य कार्यक्रम आयोजना गरेका कारण सँधै मास्क वितरण गर्न नसकिएको क्लवका सचिव गोविन्द पौडेलले बताए ।

मास्क वितरण अभियानका संयोजक एवम् क्लवका द्धित्तीय उपाध्याय कृष्ण रिमाल (ह्यारी) का अनुसार भरतपुरको बजार क्षेत्रका चोकचोकमा मास्क वितरण गरिएको थियो । मास्क वितरण अभियान लिएर क्लव पश्चिम चितवनको चनौली, गीतानगर लगायतका क्षेत्रमा पनि पुगेको थियो । मास्क वितरण अभियानमा कुनैकुनै दिन ट्राफिक प्रहरी तथा प्रहरीहरुले पनि हातेमालो गर्दै सहयोग गरेका थिए । मास्क वितरण गरेपश्चात उक्त स्थानमा क्वले विभिन्न सचेतनामूलक नाराहरु लेखिएका ब्यानर टाँगेर छाडेको थियो ।

ब्यानरमा मेरो मास्क मेरो पहिचान, घरबाट बाहिर जाँदा अनिवार्य मास्कको प्रयोग गरौं, दुरी कायम गर्दैमा आत्मीयता घट्दैन, मास्क लगाउँदैमा परिचय बदलिँदैन, चिउँडोमा मास्क लगाएर कोरोना छेक्दैनलगायतका नारा लेखिएका थिए ।

मास्क वितरण गर्दा मानिसहरुले कोरोना हराइसकेको भन्दै मास्क नलगाउने गरेको पाइएको क्लवका आइटी अफिसर अनिकेत भुषालले बताए ।

मास्क वितरण अभियानमा लियोका सम्पूर्ण सदस्यहरुसहित अन्य विभिन्न समाजिक व्यक्तित्व, संघसंस्था, व्यावसायिक पसलहरुले मास्क सहयोग गरेको क्लवका सह– कोषाध्यक्ष हिरालाल आचार्य ‘डायमण्ड’ ले जानकारी दिए । समानहरु घरमै पुर्‍याउने सेवा प्रदान गर्दै आएको घरदैले एक्सप्रेसले ब्यानर सौजन्य गरी ठूलो सहयोग गरेको डायमण्डको भनाइ छ ।

लियो क्लव अफ भरतपुर युथले चितवनमा हप्तैपिच्छे विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>