Breaking News

बैंकले बढाए ब्याजदर, कुन बैंकको कति दिन्छन् ब्याज ?

Banner

काठमाडौं, भदौ १ –
बैंकहरुले निक्षेप तथा कर्जाको ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैंकहरुले ब्याजदर बढाएका छन् ।

तरलता अभाव शुरू भएसँगै बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जाको व्याजदर बढाएका हुन् । वाणिज्य बैंकहरूले साधारण बचत र मुद्दती खाता दुवैको व्याजदर बढाएका हुन् ।

पछिल्लो समय बैंकहरुमा लगानीयोग्य रकमको अभाव भएसँगै बैंकहरुले बचत तथा मुद्दतीमा ब्याजदर बढाएका हुन् । बचत खातामा स्टान्डर्ड चार्टडले सबैभन्दा कम ब्याज २.५ देखि ४ प्रतिशतसम्म तोकेको छ।

बचतमा एनएमबि बैंकले दिने ब्याजदर सबैभन्दा बढी छ। सो बैंकले न्यूनतम ४.५२ देखि अधिकतम ६.२५ सम्म तोकेको छ। बैंकहरुले बचत खातामा दिने ब्याजको अन्तर २ प्रतिशतभन्दा बढी राख्न पाउँदैनन् ।

बैंकहरूमा लगानीयोग्य रकमको चरम अभाव भएपछि निक्षेप जोगाउन र अरू थप पैसा आकर्षित गर्न ब्याजदर बढाएका हुन् ।

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव हुन थालेपछि बैंकहरूबीच निक्षेप खोसाखोस गर्नुपर्ने अवस्था छ । त्यसैले व्याजदर बढाउन उनीहरू उद्यत भएका हुन् । कर्जाको मागको तुलनामा निक्षेप कम संकलन हुँदा तरलताको दबाब देखिएको हो । बजारमा तरलताको समस्या देखिन थालेपछि नेपाल राष्ट्र बैंकले पछिल्लो ‘ओपन मार्केट अपरेसनमार्फत’ दुई सातामा दुईपटक गरी करिब ५० अर्ब रुपैयाँ तरलता पठाएको छ । बजारमा तरलताको अभाव देखिन थालेपछि बैंक तथा वित्तीय संस्थाले अन्तर बैंक सापटी र ‘एसएलएफ’ लिने क्रम तीव्ररूपमा बढेको छ ।

हेरौं कुन बैंकले कति दिन्छन् ब्याजदररु :

बैंक आधार दर (%) साधारण निक्षेप (%) मुद्दती (%)
एनआइसी एसिया ६.८४ ३.६ ८.६
हिमालयन बैंक ६.५५ ४.१५-६.१५ ५ -८.५०
एभरेष्ट बैंङ्क ५.८५ ३.६१-४ ७ -८.६१
नेपाल एसबिआई बैंक ७.३७ ३.५५ ४.०५ -८.५५
स्टाण्डर्ड चार्टड बैंक ५.५१ २.७५ – ४ ३ – ७.५
सेन्चुरी बैंक ७.५५ ४.२५ – ६.२५ ८ – ९.२५
एनएमबी बैंक ६.८४ ४.५२-६.५२ ७.५०-९.५२
नेपाल इन्भेष्टमेन्ट बैंक ५.७१ ४.०२ ९.०२
सानिमा बैंक ६.१४ ४.५१ – ५ ७ -१०.०१
नविल बैंक ५.५२ ४.२६-६.२६ ७.५१ – ९.०१
सिटिजन बैंक इन्टरनेशनल ७.८४ ३ – ५ ७.५-८
प्राइम कमर्सिएल बैंक ७.२१ ४.७६-५.७६ ८-९.५०
सनराइज बैंक ७.०१ ५.०७ ९. १० – १०.०७
मेगा बैंक ६.४८ ५.०५-६.०५ ८-९.५५
नेपाल बंङलादेश बैंक ७. ४१ ३.७६ – ४.७६ ८.५१- ८.७६
सिद्धार्थ बैंक ६.८३ ४.०५-५.०५ ८.२५ – ९.०५
ग्लोबल आइएमई बैंक ६.६० ४.५० ८.८०-१०.५०
बैंक अफ काठमान्डू ७.३० ३.७७-५.२७ ६.२७-८.७७
लक्ष्मी बैंक ७.०८ ४-६
एनसीसी बैंक ७.५७ ४.२६-५ ६.५ – ९
सिभिल बैंक ७.७९ ४.२५-६.२५ ७.२५-९.२५
प्रभु बैंक ७.१० ३.२५-५ ६.७५-८.२५
माछापुच्छ्रे बैंक ६.८० ३.७५-५ ७.५०-८.७५
कृषि बिकास बैंक ७.४९ ३.५-५ ६-८.६०
कुमारी बैंक ७.६७ ३.१५-५.१५ ८.१५
राष्ट्रिय बाणिज्य बैंक ५.४१ ३.०६-६ ६-९.०६
नेपाल बैंक लिमिटेड ५.७३ ३.०५-४.५५ ८.०५

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>