Breaking News

स्क्रब टाइफसले ज्यान जान सक्छ, यस्तो छ यसको लक्षण

Banner

काठमाडौँ, भदौ ३१-

पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको उच्च जोखिमसँगै निपाह भाइरस र स्क्रब टाइफसका बिरामी पनि देखिन थालेका छन् ।  विगतका वर्षमा पनि यो समय स्क्रब टाइफस देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बतायो । मुसाको रगत चुसेर बाँच्ने सूक्ष्म किरा ‘माइट’ परजीवीको माध्यमबाट मानिसमा स्क्रब टाइफस सर्ने उनी बताउँछन् । नेपालमा २०७२ वैशाखको विनाशकारी भूकम्पपछि यो रोग देखिन थालेको हो ।  त्यस्तै सन् २०१९ मा आठ महिनाको अवधिमा ५५५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भएको थियो भने ३ जनाको मृत्यु भएको थियो । कोरोना महामारीका कारण स्क्रब टाइफसका बिरामी ओझेलमा पर्न सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार स्क्रब टाइफस एक प्रकारको सरुवा रोग हो । ओरिनसिया सुसुगामुसी नामक जीवाणुका कारण स्क्रब टाइफस हुन्छ । कोरोना सङ्क्रमणको लक्षण र स्क्रब टाइफसको लक्षण एकैखालको हुने भएकाले बिरामी अन्योलमा पर्न सक्ने  डा.  पुन बताउँछन् ।

त्यस्तै अघिल्ला तीन वर्षमा स्क्रब टाइफसका कारण १६ जनाको मृत्यु भएको थियो । हाल देशका विभिन्न भागमा स्क्रब टाइफसका बिरामी देखिन थालेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

स्क्रब टाइफसका लक्षण

–स्क्रब टाइफसका बिरामीलाई उच्च ज्वरो आउने,

–श्वास—प्रश्वासमा समस्या हुने,

–रुघा लाग्ने,

–बढी मात्रामा टाउको दुख्ने,

–शरीर दुख्ने,

–शरीरमा चिट–चिट पसिना आउने,

–आँखा हल्का रातो हुने,

–शरीरका विभिन्न भागहरूमा सानो रातो बिमिरा आएर सुकेपछि कालो दाग वा कालो पाप्रो बस्ने,

–कान बजेको आवाज आउने,

–पखाला लाग्ने,

‘माइट’ परजीवीले टोकेको पाँचदेखि १४ दिनको अवधिमा स्क्रब टाइफसको लक्षण देखिने गर्छ,

स्क्रब टाइफसबाट बच्ने उपायहरु:

–खेतबारीमा काम गर्न जाँदा, घर वरिपरिका झाडी सफा गर्दा, मुसाको वासस्थान नजिकै काम गर्दा सावधानी अपनाउनु पर्छ,

–खेतबारीमा काम गर्दा हातखुट्टा ढाक्ने लामो बाहुले कपडा लगाउनुपर्छ,

–वनजंगल, झाडीमा घाँस–दाउरा काट्न जाँदा शरीर ढाक्ने कपडासँगै सम्भव भए बुट लगाउने,

–चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने,

–मुसाको वासस्थान भए नजिकै तथा खुला चौरमा सकेसम्म नसुत्ने,

–सम्भव भएसम्म भुईँमा नबस्ने,

–खाटमा वा अग्लो स्थानमा सुत्ने वा बस्ने गर्नुपर्छ,

–घरभित्र अन्न भण्डारण गर्दा मुसा नियन्त्रणका लागि उपयुक्त ढङ्गले व्यवस्था गर्ने,

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>