अर्थ

शेयर बजार सँगसँगै शेयर कारोबारमा पनि गिरावट

Banner

काठमाडौं, भदौ ३०-

मंगलबार दोहोरो अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूच बुधबार पनि दोहोरो अंकले नै घटेको छ ।

नेप्से परिसूचक ४० दशमव २६ अंकले घटेर २ हजार ८ सय ८९ दशमलव ०.३  अंकमा झरेको छ ।

बुधबार १ दशमलव ३७ प्रतिशतले बजार घटेको हो । त्यस्तै कारोबार रकम पनि ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २५१ रुपैयाँमा रोकिएको छ । यस अघि मंगलबार १८ अंकले परिसूचक घटेको थियो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.१६ अंकले घटेको छ ।

त्यस्तै दिनभर भएका ७५ हजार ८ सय ९५ कारोबारबाट १ करोड ५ लाख ५७ हजार ८ सय ६६ कित्ता शेयर किनबेच भएका छन् । कारोबार संख्या मंगबलारको तुलनमा बुधबार घटेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>