Breaking News

चितवनमा असोज १५ गतेसम्म निषेधाज्ञा थप, सिनेमा हल खोल्ने निर्णय अझै भएन

०
Banner

चितवन, भदौ ३०–

जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा असोज १५ गतेसम्म लागू हुने गरि निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्धारा आज (बुधबार) जारी आदेशमा केही क्षेत्रलाई अझै कडा गर्दै निषेधाज्ञा थप गरिएको हो ।

प्रशासनले बढी भिडभाड हुने सभा सम्मेलन, प्रदर्शन, भेला, जात्रा तथा महोत्सव संचालनमा रोक लगाएको छ भने त्यतिकै मात्रामा भिडभाड हुने साधारणसभा, सम्मेलन, अधिवेशन भने संचालन गर्न दिने निर्णय गरेको छ । कानून बमोजिम गर्नै पर्ने भएकाले साधारणसभा, अधिवेशनहरु संचालन गर्न दिने निर्णय भएको प्रजिअ लामिछानेले बताए । त्यसका लागि जिल्ला कोभिड–१९ व्यवस्थापन समितिलाई अग्रिम जानकारी गराउनुपर्ने उनले बताए ।

यस्तै चितनवनमा सिनेमा हल संचालनका लागि अझै निर्णय हुन सकेन । सम्बन्धीत व्यवसायीहरुसंग समन्वय गरी कोभिड–१९ को संक्रमण नहुने सुनिश्चिततासहितको मापदण्ड तयार भएपश्चात आवश्यक निर्णय गरिने प्रजिअ लामिछानेले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>