Breaking News

दसैंको मुखमा १६ दिन स्कुल खोल्न तयारी, खोप नलगाएका बालबालिकामा उच्च जोखिम

Banner

काठमाडौँ, भदौ ३०-

काठमाडौँ उपत्यकामा संक्रमण घटे पनि जोखिम जस्ताको तस्तै रहेको छ । स्वास्थ्य मन्त्रालयले केही समयअघि मात्र तेस्रो भेरियन्ट फैलिन सक्ने अनुमान सार्वजनिक गरेको थियो । त्यस्तै यसको जोखिम  सबभन्दा बढी खोप नलगाएका स्कुले केटाकेटीहरूमा छ ।मंगलबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा ४०४ जना नयाँ संक्रमित थपिएका थिए भने सक्रिय संक्रमित संख्या ६ हजार २ सय ५३ छ।

जिल्ला प्रशासनले स्कुल खोल्न सकिन्छ भनेर राय दिएपछि हामी विद्यालय सञ्चालक र अभिभावकहरूसँग छलफल गरिरहेका छौं, काठमाडौं महानगर प्रवक्ता ईश्वरमान डंगोलले भने।

ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गरी असोज १ बाट भौतिक कक्षा सञ्चालन गर्न अनुमति दिइसकेको छ भने काठमाडौं महानगरपालिकाले बुधबार वा बिहीबारसम्म निर्णय गर्ने तयारी गरिरहेको छ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार स्कुल खोल्ने कि नखोल्ने भन्नेबारे बिहीबार छलफल हुनेछ। त्यसपछि डिसिसिएमसीको बैठक बसेर निर्णय लिइनेछ।

त्यस्तै जिल्ला प्रशासन काठमाडौंले मापदण्ड पुरा गरेर स्कुल सञ्चालन गर्न सकिनेु भनेपछि उपत्यकाका स्थानीय तहहरू असोज १ बाट भौतिक कक्षा सञ्चालन गर्ने तयारीमा लागेका छन् । सरोकारवाला निकायले स्कुल सञ्चालन गराइहाले पनि विद्यार्थीहरूले पढ्ने दिन धेरै छैन। किनभने दसैं विदा सुरू हुनुअघि असोज २, ९ र १६ गते शनिबार परेकाले स्कुलहरू त्यसै विदा हुन्छ । त्यस्तै यसबाहेक असोज ३ गते पनि संविधान दिवस र इन्द्रजात्रा परेकाले सार्वजनिक विदा छ । त्यस लगतै असोज २१ गते घटस्थापनाबाट दसैं विदा सुरू हुँदैछ। त्यसपछि प्रायस् स्कुल एक महिनाका लागि स्वतस् बन्द हुनेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>