Breaking News
नेपालसामु अमेरिकाले दियो २३१ रनको लक्ष्य

काठमाडौँ, भदौ २८–
आइसिसी विश्वकप लिग–२ अन्तर्गत अहिले जारी खेलमा अमेरिकाले नेपालसामु २३१ रनको लक्ष्य पेश गरेको छ ।
ओमानको अल अमिरत क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २३० रन बनाएको हो ।
अमेरिकाका लागि मोनन्क पटेलले शतकीय पारी खेले । ११४ बल खेलेका पटेलले १ छक्का र ९ चौकाको मद्धतमा १०० रन बनाएर आउट भए । उनलाई विक्रम शोबले कुशल भुर्तेलबाट क्याच आउट गराए । यस्तै निसार्ग पटेलले २१ रन बनाए भने अन्य व्याट्सम्यानले सामान्य प्रदर्शन गरे ।
नेपालका लागि सन्दीप लामिछाने, विक्रम शोब र सुसन भारीले समान २/२ विकेट लिए भने कुशल मल्लले एक विकेट लिए । अमेरिकाका २ खेलाडी रनआउट भए ।
सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई/दुई खेल खेल्नेछ।
हालसम्म यस प्रतियोगिता ओमान शीर्ष स्थानमा रहेको छ भने अमेरिका दोस्रो स्थानमा रहेको छ । ४ खेल मात्रै खेलेको नेपाल भने छैटौं स्थानमा छ ।






















