क्रिकेट
अमेरिकाविरुद्ध सन्दीप, विक्रम र कुशलले लिए विकेट
०

काठमाडौँ, भदौ २८–
आइसिसी विश्वकप लिग–२ अन्तर्गत अहिले जारी नेपाल र अमेरिकाबीच खेलमा अमेरिकाले राम्रो प्रदर्शन गरिरहेको छ ।
यो समाचार तयार पार्दा सम्ममा अमेरिकाले २४ ओभरमा १०२ रन बनाउँदै ३ विकेट गुमाएको छ ।
ओमानको अल अमिरत क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको अमेरिकालाई नेपालले दवामा राख्न कोसिस गरिरहेको छ ।
नेपालका लागि विक्रम शोव, सन्दीप लामिछाने कुशल मल्लले एक/एक विकेट लिएका छन्।
विक्रमले स्टेभिन टेलरलाई १४ रनमा कुशल भुर्तेलबाट क्याच गराए। सन्दीपले सुशान्त मोदानीलाई १६ रनमा एलबिडब्लूको धरापमा पारे। कुशलले निशार्ग पटेललाई २१ रनमा बोल्ड आउट गरे ।
सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई/दुई खेल खेल्नेछ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















