Breaking News

पछिल्लो २४ घण्टामा १४८६ जना संक्रमित, १६ जनाको मृत्यु

Banner

काठमाडौं, भदौ २८-

पछिल्लो २४ घण्टामा १४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१२ हजार ५३२ पीसीआर परीक्षणमा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १४८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बतायो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२६० जना संक्रमणमुक्त भएका छन् भने १६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ । जसमध्ये २४ हजार ९५८ जना होम आइसोलेसनमा र १६७२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>