अर्थ

स्वास्थ्य जोखिम कर बढे सँगै चुरोट र सूर्तीको मूल्य पनि बढ्ने

Banner

काठमाडौं, भदौ २८-

सरकारले चुरोट, सुर्ती, खैनीजस्ता हानिकारक वस्तुमा लाग्ने स्वास्थ्य जोखिम कर बढाएको छ ।

चुरोट र सिगारमा प्रतिखिल्ली ६० पैसा स्वास्थ्य जोखिम कर लाग्ने भएको छ । यसअघि यस्तो कर ५० पैसा थियो । सरकारले तयारी खाने सुर्ती, खैनी, गुट्खा, पान मसलामा प्रतिकिलोग्राम ६० रुपैयाँका दरले स्वास्थ्य जोखिम कर लगाएको छ । यसअघि यस्तो कर प्रतिकिलो ४० रुपैयाँ थियो । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसदमा पेश गरेको आर्थिक विधेयकले यस्तो व्यवस्था गरेका हुन् । त्यस्तै कर बढाएसँगै सुर्तीजन्य वस्तुको मूल्य पनि बढ्ने भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>